परम पावन ४१औं साक्य ठ्रिछेन रिन्पोछे

परम पावन ४२औं रत्नवज्र रिन्पोछे

लाम्ड्रे उपदेशको परिचय

लाम्ड्रे अथवा मार्गफलम् हिमाली बौद्ध धर्मअन्तर्गत साक्य परम्पराको सबैभन्दा महत्त्वपूर्ण गुह्य उपदेश पद्धति हो । ६ हप्ता लामो शृंखलामा व्यवस्थित उपदेश र ध्यानले बुद्धत्वको सम्पूर्ण मार्गलाई दुई भागमा व्याख्या गर्छ । पहिलो भागमा तीन दर्शन भनेर चिनिने उपदेश समावेश छ, जसमा सूत्रहरूमा आधारित पीठ निर्देशन र ध्यानहरू समेटिएका छन् । तीन तन्त्रहरूमा केन्द्रित दोस्रो भाग पीठ निर्देशन र तन्त्रका ध्यानहरू मिलेर बनेको छ ।

लाम्ड्रे पद्धतिको उपदेश हेवज्रतन्त्रमा आधारित रहेकाले यसमा हेवज्रकै मूल उपदेश समावेश छ । 

नालन्दा विश्वविद्यालयका महासिद्ध विरूपाबाट निसृत भई साक्य परम्परामा निरन्तर आगम र अधिगमसहित प्रचलित यस पद्धतिमा सम्पूर्ण बौद्ध मार्गको गहन र व्यवस्थित उपदेशहरू समाहित छन् । महासिद्ध गुरु विरूपाले आफ्नो इदम् देवी वज्र नैरात्म्यबाट सोझै उपदेश र पीठ निर्देशनहरू प्राप्त गर्नुभयो जसबाट उहाँले तत्कालै उच्च तहको बोधि लाभ गर्नुभयो । त्यसको बलमा उहाँले भौतिक पदार्थहरूलाई आफ्नो वशमा राख्ने मात्र नभई अनेकौँ कठोर दण्ड तथा विष खुवाउने जस्ता ज्यानै लिने नियतले आफूमाथि गरिएका प्रहारहरूलाई समेत निस्तेज पार्ने चामत्कारिक शक्ति पैदा गर्नुभएको थियो । 

विरुपाले भारतवर्षका आफ्ना शिष्यहरूलाई दिएका शिक्षा ‘लाम्ड्रे’ भनेर चिनिन थाल्यो र चार पुस्तापछि यो तिब्बतमा पुग्यो । त्यहाँ साक्य परम्पराका पाँच संस्थापकमध्ये पहिलो, सचेन कुङ्गा निङ्पोले यी शिक्षाहरू प्राप्त गर्नुभयो र त्यसमा सिद्धि हासिल गर्नुभयो । पछि आफ्नो उच्चतम तहको अनुभूतिको कारण उहाँले ती उपदेशहरू महासिद्ध विरूपाबाट पनि प्रत्यक्षरूपमा प्राप्त गर्नुभयो । त्यसबेलादेखि नै लाम्ड्रे उपदेश साक्य परम्पराको विशेष पद्धतिका रूपमा स्थपित भयो जुन दार्शनिक विवेचना र ध्यान अभ्यासको एक अद्वितीय संयोजन हो ।

यस वर्ष काठमाडौंमा हुने लाम्ड्रे उपदेश

परम पावन साक्य ठ्रिछेन रिन्पोछेबाट सोझै लाम्ड्रे पद्धतिको अमूल्य उपदेश प्राप्त गर्नु असाध्यै विशेष र दुर्लभ अवसर हो जुन गुमाउनु हुँदैन । परम पावन रिन्पोछे धर्म र विशेषगरी वज्रयान तथा लाम्ड्रे शिक्षाका अनुपम गुरु हुनुहुन्छ । परम पावन दलाई लामाले परम पावन साक्य ठ्रिछेनलाई "वज्रयान गुरुहरूका राजा" भनेर प्रशंसा गर्नुभएको छ । परम पावन साक्य ठ्रिछेनले आगम र अधिगम अभ्यासको यो बहुमूल्य एवं जीवन्त परम्परालाई हाम्रो समयमा संरक्षण गर्नुभएको छ । साक्य, ङोर र छार परम्पराका गद्दीधारी गुरु रहनुभएका उहाँले यसअघि संसारका विभिन्न ठाउँमा धेरै पटक लाम्ड्रे उपदेश प्रदान गरिसक्नुभएको छ । 

नेपालको काठमाडौंमा परम पावनले लाम्ड्रे उपदेश प्रदान गर्न लाग्नुभएको यो पहिलो पटक हो । काठमाडौं जस्तो पवित्र स्थानमा परमपूज्य साक्य ठ्रिछेनजस्ता गुरुबाट यो बहुमूल्य उपदेश प्राप्त गर्न पाउनु अति दुर्लभ अवसर हो ।

परम पावन ४२औँ साक्य ठ्रिजिन रत्नवज्र रिन्पोछेका साथमा परम पावन ४१औँ साक्य ठ्रिछेनबाट प्रदान हुने उपदेश र अभिषेक सहितको पूरै लाम्ड्रेमा प्रशस्त मुखागमहरू समावेश हुनेछन् । 

बोधिसत्व संवर तथा हेवज्रको हेतु अभिषेकका साथमा तीन दर्शनको मात्र उपदेश प्राप्त गर्न चाहनुहुन्छ वा पूरै लाम्ड्रे उपदेश प्राप्त गर्न चाहनुहुन्छ भने त्यसमा हेवज्रको मार्गाभिषेक तथा तीन तन्त्रका शिक्षाहरू समावेश हुनेछन्। स्मरणीय यो छ कि तीन दर्शन, बोधिसत्व संवर र हेवज्रको हेतु अभिषेक पूरै लाम्ड्रे र तीन तन्त्रका उपदेश...

लामड्रे प्रदान गर्नुहुने पावन गुरुहरु

परम पावन ४१औं साक्य ठ्रिछेन रिन्पोछे

परम पावन क्याब्गोन गोङ्मा ठ्रिछेन रिन्पोछे (साक्य ठ्रिछेन) सन् २०१७ को मार्च अर्थात् २०७३ साल चैतसम्म हिमाली बौद्ध धर्मअन्तर्गत साक्य परम्पराको ४१औं गद्दीधारी प्रमुखको रूपमा रहनुभयो । त्यसपछि गद्दी धारणको जिम्मेवारी परम पावन ४२औं साक्य ठ्रिजिन रत्नवज्र रिन्पोछेलाई सुम्पिनुभएपछि उहाँलाई परम पावन क्याब्गोन गोङ्मा ठ्रीचेन रिन्पोछेको नामले सम्बोधन गर्न थालियो ।

परम पावन साक्य ठ्रिछेन तिब्बतको प्रतिष्ठित खोन वंशका सदस्य हुनुहुन्छ, जसले एघारौं र बाह्रौं शताब्दीमा साक्य परम्पराको स्थापना गरेको थियो। जसरी परम पावन दलाई लामा अवलोकितेश्वरको प्रतीरूप मानिनुहुन्छ त्यसरी नै परम पावन साक्य ठ्रिछेन सम्पूर्ण बुद्धहरूका अपरिमित करुणाको अभिव्यक्त स्वरूप हुनुहुन्छ । 

५० वर्षभन्दा बढी समयसम्म साक्य परम्पराको नेतृत्व गर्नुभएका परम पावन साक्य ठ्रीछेन बुद्ध धर्मको सम्पूर्ण आगम तथा अधिगम ज्ञानले परिपूर्ण हुनुहुन्छ, जो आफूमा निहीत चम्किलो प्रज्ञालाई स्पष्टसँग प्रवाह गर्ने कौशलका लागि संसारभर प्रसिद्ध हुनुहुन्छ । परम पावनबाट सीधै धर्मोपदेशहरू प्राप्त गर्दा साक्य परम्पराका संस्थापक गुरुहरू तथा साक्षात् मञ्जुश्रीबाट अधिष्ठानधाराले अभिसिञ्चित भएको अनुभूति हुन्छ ।

परम पावन ४२औं रत्नवज्र रिन्पोछे

परम पावन ४२औं क्याब्गोन गोङ्मा ठ्रिजिन रत्नवज्र रिन्पोछे, परम पावन साक्य ठ्रिछेन (४१ औं साक्य ठ्रिछेन) का ज्येष्ठ सुपुत्र हुनुहुन्छ । उहाँ हिमाली बौद्ध धर्मको अति उच्चतम परम्परा गुरुहरूमध्ये एक मानिनुहुन्छ । ज्ञानको विद्वता र स्पष्टताको लागि प्रख्यात परम पावन ४२औं साक्य ठ्रिजिनको गद्दी धारणबाट प्रतिष्ठित खोन वंशले विशिष्ट गुरुहरूको शुद्ध सिद्ध परम्परालाई अखण्डता प्रदान गरेको छ।

परम पावनले ९ मार्च, २०१७ अर्थात् २०७३ फागुन २६ गते आफ्ना पूज्य पिता तथा मूल गुरु ४१औं साक्य ठ्रिछेनबाट ४२औं साक्य ठ्रिजिनका रूपमा नेतृत्व परम्पराको  सिंहासन धारण गर्नुभएको थियो । त्यसउपरान्त उहाँले आफ्नो प्रज्ञा, अप्रभावित सरलता, विनयशीलता र पूर्ण इमान्दारीका विशिष्ट गुणहरूद्वारा बुद्धका उपदेशहरूलाई सबैभन्दा प्रामाणिक रूपमा प्रस्तुत गरेर बुद्ध शासनको शुद्धता कायम राख्दै संसारभरका धर्माभ्यासीहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गर्दै आउनुभएको छ र भविष्यमा पनि धर्मामृतको यस्तो धारालाई निरन्तरता दिनुहुनेछ ।

थार्लाम गुम्बा

१४औं शताब्दीमा तिब्बतमा गा राब्जाम्पा कुङ्गा येशेद्वारा थार्लाम गुम्बा स्थापना गरिएको थियो । त्यहाँको खाममा अवस्थित थार्लाम, साङमा रहेको ङोर गुम्बामा आवद्ध थियो, जुन असंख्य अस्थीधातु एवं बहुमूल्य धर्मसम्पदाहरूको केन्द्र थियो । वज्रधर गाटोन ङावाङ लेग्पाले सन् १९१९ र १९२१ को बीचमा थार्लाम गुम्बाको पुनर्निर्माणमा ठूलो मात्रामा दान गर्नुभएको थियो । उहाँले गुम्बाको दुई तला बराबर अग्लो उचाइसम्म पुग्ने गरी दायाँतर्फ साक्य पण्डित र बायाँतर्फ ङोर्चेन कुङ्गा साङ्पो रहनुभएको सुनै सुनले बनेको तीन तला अग्लो बुद्धमूर्तिसमेत स्थापना गर्नुभएको थियो । 

सन् १९८१ मा  तेस्रो देजुङ रिन्पोछेले काठमाडौँको बौद्धनाथ स्तुप नजिकै नयाँ थार्लाम गुम्बा स्थापना गर्नुभएको हो । त्यसको ९ वर्षपछि परम् पावन दाग्छेन रिन्पोछे हिमाली क्षेत्र तिब्बतबाहिर पहिलो पटक लाम्ड्रे उपदेश प्रदान गर्न थार्लाम गुम्बामा आउनुभयो । त्यसबेला उच्च तहका लामाहरू,  भिक्षुभिक्षुणीहरू, बौद्ध अभ्यासी, उपासक–उपासिका तथा आम सर्वसाधारण गरी हजारौँको संख्यामा भेला भएका शिष्यहरूले लाम्ड्रे उपदेश ग्रहण गरेका थिए ।

सन् १९९३ मा परम् पावन ४१औं साक्य ठ्रिछेन रिन्पोछे लोटर वाङ्पोद्वारा संकलित साक्य परम्पराका साधनाहरूको संग्रह दुब्थब कुन्तुको अभिषेक तथा उपदेश दिन थार्लाम आउनुभयो । तत्पश्चात् परमपूज्य वज्रधर लुदिङ खेन्चेन रिन्पोछेको नेतृत्वमा अन्य परम्पराका केही उच्च गुरुहरूसमेत थार्लाममा आएर आगम तथा अभिषेक दुवै समावेश भएका उपदेशहरू दिनुभएको इतिहास छ ।  

त्यसै क्रममा सन् २००७ मा जिग्दल दाग्छेन रिन्पोछे थार्लाममा पुन:...

परम पूज्य देजुङ रिन्पोछेको सन्देश

त्रिरत्न र हाम्रा सबै गुरुहरूको आशीर्वादले यही २०८१ असोज २० मा परम पावन ४१औं साक्य ठ्रिछेन र परम पावन ४२औं साक्य ठ्रिजिन रिन्पोछेबाट प्रदान हुने पवित्र लाम्ड्रे उपदेशको लागि नेपालको थार्लाम गुम्बामा यहाँहरू सबैलाई स्वागत गर्न पाउँदा म असाध्यै खुशी छु । परम पावनले नेपालमा पहिलो पटक यो अमूल्य शिक्षा दिनुहुनेछ ।

म हाम्रा परम पावन गुरुहरू पावन ४१औं साक्य ठ्रिछेन र परम पावन ४२औं साक्य ठ्रिजिनप्रति सादर कृतज्ञता चढाउन चाहन्छु, जसले अनुभावपूर्वक हामीलाई यो विशिष्ट उपदेश समारोहको आतिथ्य गर्ने अवसर प्राप्त भएको छ ।

यस अद्वितीय र विशेष कार्यक्रमलाई अधिकतम सफल बनाउनको लागि सबैको साथ र सहयोगको कामनाका साथ यहाँहरू सबैलाई लाम्ड्रेमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।

भवतु सर्व मंगलम्।

 

उपयोगी प्रश्नहरु

सूचना: परम पावन ४१औं साक्य ठ्रिछेन रिन्पोछे तथा परम पावन ४२औं रत्नवज्र रिन्पोछे आफ्नो टोलीसहित मिति २०८१ साल असोज १९ गते दिउँसो २ बजे त्रिभुवन विमानस्थल, काठमाडौँमा सवारी आगमन हुने ब्योहरा सुचित गरिन्छ । 

२०८१ को लाम्ड्रे अभिषेक तथा उपदेश आगामी असोज २० गतेदेखि शुरू हुने तय भएको छ । कार्यक्रमको पूरा तालिका तल प्रकाशित छ । यसमा कुनै हेरफेर भएमा त्यसको जानकारी हामी अद्यावधिक गरिरहनेछौँ ।

मिति कार्यक्रम
पहिलो ३ दिन बिहान उष्णिष विजया, वज्रपाणी भूतडामर र पर्णशवरीको उपदेश
असोज २० देखि २९ तीन दर्शनसम्बन्धी १० दिने देशना
असोज ३० बिहान गुरुबाट बोधचित्त संवर प्रदान तथा शिष्यत्व स्वीकार
कार्तिक १ - ३ पूरक रिट्रिट
कार्तिक ४ – १२ हेवज्रको हेतु अभिषेक तथा उपदेश
कार्तिक १३ – १७ तीन तन्त्रको आगम
कार्तिक १८ – २१ बाह्य सृष्टिसम्बन्धी देशना
कार्तिक २२ – २४ हेवज्रको मार्ग अभिषेक र उपदेश
कार्तिक २५  – २७ भित्री सृष्टिसम्बन्धी देशना
कार्तिक २८ – ३० गुह्य अभिषेक
मंसिर १ प्रज्ञा अभिषेक
मंसिर २ चतुर्थाभिषेक
मंसिर ३ – ७ ४१औं साक्य ठ्रिछेन रिन्पोछेको भव्य दीर्घायु समारोह
मंसिर ८ – ९ गुरुयोग आशीर्वाद
मंसिर १० – १३ वज्रयोगिनी आशीर्वाद
मंसिर १४ – १५ विरुपा रक्षा आशीर्वाद

हामी अफसोस गर्छौं कि गुम्बामा कुनै आवास उपलब्ध छैन, र लामद्रेको समयमा मन्दिरको मैदानमा क्याम्पिङ गर्न अनुमति छैन। यस कारणहरूका लागि, कृपया तपाईंको आफ्नै आवासको व्यवस्था गर्नुहोस्।

कृपया आफ्नो खानाको पनि व्यवस्था गर्नुहोस्। मठबाट पैदल दूरी भित्र धेरै रेस्टुरेन्टहरू छन्। सशक्तिकरण र शिक्षाहरू आयोजित हुने दिनहरूमा, थार्लाम गुम्बाले बिहान र दिउँसो शिक्षण सत्रहरू बीच सहभागीहरूलाई प्रस्तावको रूपमा एक साधारण शाकाहारी खाजा तयार गर्नेछ। हामीले विशेष आहार आवश्यकताहरू समायोजन गर्न असमर्थ भएकोमा हामीलाई खेद छ। सबै विद्यार्थीहरूले बिहानको खाजा र बेलुकीको खानाको व्यवस्था आफैं गर्नुपर्छ।

तपाईंको सहजताको लागि हामीले तल केही होटलहरू सूचीबद्ध गरेका छौं जुन तपाईं आफैं पुगेर बुकिङ गर्न सक्नुहुन्छ:

आवासमा मद्दतको लागि, तपाईंले सम्पर्क गर्न सक्नुहुन्छ:
विपुल तिमिल्सिना
Whatsapp:+977 9841554551
Wechat: bipul147

१. आफ्नो वज्र र घण्टी लिएर आउनुहोस् । 

२. कृपया अडियो वा भिडियो रेकर्डिङ उपकरणहरू नल्याउनुहोस् किनकि कुनै पनि व्यक्तिगत अडियो वा भिडियो रेकर्डिङलाई अनुमति दिइने छैन। शिक्षाको प्रतिलिपि प्राप्त गर्न चाहने विद्यार्थीहरूले शिक्षण चक्रको अन्त्यमा उचित मूल्यमा शिक्षणहरूको व्यावसायिक रूपमा रेकर्ड गरिएको प्रतिलिपि खरिद गर्न सक्नेछन्  । 

३. साथै, कुनै पनि घरपालुवा जनावरहरू साथमा ल्याउन पाइने छैन । 

४. कृपया 3 सेमी X 2.5 सेमी साइजको आफ्नो फोटो पनि लिएर आउनुहोला । 

५. यदि तपाइँसँग रेडियो उपकरण छ भने, कृपया ल्याउनुहोस् जसले गर्दा तपाइँले आफ्नो भाषाको अनुवाद सुन्न सक्नुहुनेछ। कार्यक्रमको अनुवाद तिब्बती, अंग्रेजी र नेपाली भाषाहरुमा गरिनेछ।

नाम दर्तासम्बन्धी जानकारी

सूचना

लाम्ड्रे २०८१ मा सहभागिताको लागि नाम दर्ता गर्न कृपया दर्ता फारम भरेर बुझाउनुहोस् । दर्ता फारम बुझाएपछि, तपाईंले दर्ता शुल्क जम्मा गर्नु पर्नेछ । दर्ता शुल्क र भुक्तानी गर्ने तरिकाहरूबारे तल दिइएका जानकारीहरू पढ्नुहोस् ।

दर्ता शुल्क 

हिमाली क्षेत्रका लागि: रु ५०००/-  

अन्तर्राष्ट्रिय सहभागीहरूको लागि: अमेरिकी डलर १००/-

अन्तर्राष्ट्रिय सहभागीहरूले तलको पे–पल (PayPal) लिंकमार्फत या थार्लाम गुम्बामा आफ्नो दर्ता कार्ड लिने बेला शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । यदि तपाईं पे–पलमार्फत भुक्तानी गर्नुहुन्छ भने आफ्नो दर्ता नामसहित रकम जम्मा गरेको रसिदको प्रतिलिपि हामीलाई इमेल गर्नुहोस् । दर्ता कार्डहरू कार्यक्रम शुरू हुनुभन्दा तीन दिनअघि वितरण गरिनेछ ।

नेपाल लगायत हिमाली क्षेत्रका सहभागीहरूले थार्लाम गुम्बामा नगद बुझाएर वा तल दिइएका बैंक खातामा शुल्क जम्मा गरेर पनि नाम दर्ता गर्न सक्नुहुनेछ । तर भुक्तानी भने नेपाली बैंकहरूबाट मात्र गर्न सकिनेछ । 

नेपाल भित्रैबाट शुल्क बुझाउनको लागि निम्न बैंक खाता प्रयोग गर्नुहोला । 
बैंकको नाम
: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड
शाखा कार्यालय: बौद्ध
खातावालाको नाम: थार्लाम शाक्य धर्म विहार
खाता नम्बर: 02405020257510

नेपाल बाहिरबाट बैंकमार्फत शुल्क बुझाउनको लागि भने निम्न बैंक खाता प्रयोग गर्नुहुन अनुरोध छ । 
बैंकको नाम
: Prabhu Bank Ltd.
शाखा कार्यालय: Boudha
खातावालाको नाम: Tharlam Sansag Namagyal Ling Sakya Dharma Bihar
खाता नम्बर: 3260155862000019
स्विफ्ट कोड: PRVUNPKA
बैंकको ठेगाना: Kathmandu, Nepal

बुझाएको दर्ता शुल्क फिर्ता हुने छैन । एक जनाको नाममा भएको दर्ताबाट अर्को व्यक्ति सहभागी हुन मिल्दैन । 

यदि तपाईं अनलाइनबाट दर्ता शुल्क भुक्तानी गर्न चाहनुहुन्छ भने  विशेषगरी अन्तर्राष्ट्रिय सहभागीहरूको लागि दर्ता शुल्क तिर्न सुरक्षित Paypal लिंक निम्नानुसार छ:

कुनै कारणवश पेपाल को लिंक ले काम नगरेमा पेपालमा हाम्रो इमेल ठेगाना bodhikindnessfoundationcanada@gmail.com मा सिधै रकम पठाउन सक्नुहुनेछ । 

महत्त्वपूर्ण: भिक्षु तथा भिक्षुणीहरूले नि:शुल्क रुपमा यस कार्यक्रममा भाग लिन सक्नुहुनेछ । उहाँहरुलाई कुनै शुल्क लाग्ने छैन ।
Please be informed that registration is now closed.
Please be informed that registration is now closed.

सम्पर्क

Address

Tharlam Guest House

Boudha, Phulbari

Kathmandu, Nepal

Telephone / Whatsapp

+977-9840905943

+977-9827973613

9779840905943

9779827973613

(Temple phone number, no Chinese service)

Service Hours

We only accept email inquiries.

Monday to Friday

Morning, 9:00 am -11:00 am

Day, 2:00 pm -4:00 pm